Logo

हिमाल आरोहणको अनुमती खुल्यो, प्राधिकरणले बजेट नदिदा लाङटाङ रोकियो

हिमाल आरोहणको अनुमती खुल्यो, प्राधिकरणले बजेट नदिदा लाङटाङ रोकियो


रक्षा रेग्मी
27
Shares

काठमाडौं । सरकारले यस बर्षको बसन्त ऋतुका लागि हिमाल आरोहणको अनुमति (परमिट) वितरण शुरु गरेको छ । चैतदेखि बैशाखसम्मका लागि मार्च १ देखि नै परमिट खुल्ला गरिएको पर्यटन विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए ।

उनका अनुसार यस बर्ष हिमाल आरोहण गर्नका लागि पुरानो रुट तयार भइसकेको छ । त्यस्तै बस्ती नभएको ठाउँमा पनि पर्वतारोहीलाई बास बस्ने ठाउँ समेत तयार गरिसकेको उनले जानकारी दिए ।

विगत दुई बर्षको तुलनामा यस बर्ष आरोहि बढ्ने आचार्यले बताए । सन् २०१४ र २०१५ मा अनुमति लिएर हिमाल चढ्न नपाएकाले २ बर्षसम्म त्यही अनुमतीमा चढ्न सक्ने निणर्य सरकारले गरेको थियो । त्यसबेला परमिट लिएर हिमाल नचढ्ने धेरै भएकोले पनि यस बर्ष आरोहिको संख्या बढ्ने उनको अनुमान छ । ‘त्यस्तै भुकम्पले भत्काएको अधिकांश रुट पनि निर्माण भइसकेकोले यस बर्ष आरोहि बढ्छन्,’ उनले भने ।

सन् २०१४ मा एभरेष्ट हिमपहिरोले गर्दा अनुमति लिएर पनि धेरैले हिमाल आरोहण गर्न पाएका थिएनन् । २०१४ मा ३ सय ५६ जनाले अनुमती लिएका थिए । त्यस्तै २०१५ मा भुकम्पले गर्दा हिमाल आरोही घटेका थिए । सो बर्ष ३ सय ५६ जनाले अनुमति लिएका थिए ।

यसबर्ष पनि लाङटाङ हिमाल आरोहणका लागि भने अनुमती दिएको छैन । भुकम्पले भत्काएको बाटो पूननिर्माण नहुँदा अनुमति नदिएको उनले जानकारी दिए । ‘पूनर्निमाण प्राधिकरणले बजेट नदिँदा निर्माणको काम नभएको उनले बताए । ‘लाङटाङको रुट बनाउन टेन्डरको तयारी गरेका थियौ,’ उनले भने, ‘तर प्राधिकरणले बजेट नदिदा काम अघि बढेन ।’

आचार्यका अनुसार नेपालमा विशेष गरी युरोप अमेरिका, अष्ट्रेलियाका पर्यटक हिमाल आरोहणका लागि आउने गरेका छन् । त्यसमा पनि अधिकांश पर्यटकले सगरमाथाका लागि अनुमती लिन्छन् ।

विभागले सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर राजस्व लिने गरेको छ । अन्य हिमालका लागि भने फरक फरक शुल्क रहेको महानिर्देशक आचार्यले बताए । त्यस्तै आरोहणपूर्व फोहोरमैला शुल्क भन्दै ४ हजार शुल्क लिने गरेको छ । जुन सफल आरोहणपछि पर्यटकले फिर्ता लिन सक्छन् ।

सो क्रममा एकजना पर्वतारोहिले करिव ५० हजार रुपैयाँ खर्च गर्ने अनुमान विभागको छ । अहिले नेपालमा हिमाल आरोहणका लागि व्यस्त सिजन हो । सन् २०१५ को भूकम्पका कारण परमिट नलिएकाहरुले पनि यस बर्ष लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्