Logo

टेलिग्राफको ‘ब्युटीफुल’ मुद्रामा नेपाली रुपैयाँ, उत्कृष्ट बीसमा नेपालका चार नोट

टेलिग्राफको ‘ब्युटीफुल’ मुद्रामा नेपाली रुपैयाँ, उत्कृष्ट बीसमा नेपालका चार नोट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हरेक बर्ष ‘इण्टरनेशनल बैङ्क नोट सोसाइटी’ले बर्षको उत्कृष्ट नोटको घोषणा गर्छ । सन् २०१६ का लागि १९ ओटा नोटको छनोट भइसकेको छ । प्रतिस्पर्धामा हालै मात्र भारत सरकारले सार्वजनिक गरेको दुई हजारको नोट पनि परेको छ ।

यो त भयो आइबीएनएसले औपचारीक रुपमै घोषणा गर्ने नोटको कुरा । बेलायतको चर्चित दैनिक दी टेलिग्राफले हालैमात्र विश्वका नोटहरुलाई समेटेर एउटा सुची तयार गरेको छ जसलाई नाम दिइएको ‘वल्र्ड मस्ट ब्युटिफुल करेन्सीज’ अर्थात विश्वकै सुन्दर मुद्राहरु ।

विभिन्न देशमा घुमफिरको क्रममा सङ्कलन गरिएका नोटका आधारमा टेलिग्राफले ट्राभल ब्लगमा उत्कृष्ट बीस ओटा मुद्रालाई स्थान दिएको छ । नेपालका लागि खुसिको खबर के छ भने यी उत्कृष्टको सुचीमा नेपालका चारओटा मुद्राले स्थान पाएका छन् । जसमध्य पाँच सय, पाँच रुपैयाँ, एक रुपैयाको नोट र दुई रुपैयाँको सिक्का परेको छ ।

यी तीन ओटै नोटमा प्रयोग गरिएको बाघ, याक र जरायोको तस्वीरलाई प्रशंसा गरिएको छ । त्यस्तै दुईको सिक्कामा रहेको सगरमाथा र जोत्दै गरेको आकृतिको पनि प्रशंसा गरिएको छ । एक रुपैयाँको नोटमा गरिएको खुला डिजाइनलाई टेलिग्राफले थप प्रशंसा गरेको छ ।

Nepal 1 rupaiya

न्युजिल्याण्डको पाँच डलर जसले सन् २०१५ मा उत्कृष्ट नोटको अवार्ड पनि प्राप्त गरेको थियो त्यसलाई पनि समेटिएको छ ।

Newzealand
त्यस्तै सन् २०१४ को उत्कृष्ट नोटको अवार्ड प्राप्त गरेको ट्रिनिडाड एण्ड टोबागोको पचास डलर पनि परेको छ ।

trinidada
यसबाहेक कजाखस्तानको एक हजार टेङ्गे, स्विट्जरल्याण्डको ५० फ्रयाङ्क, अष्टेलियाको पाँच डलर, माल्दिभ्सको एक हजार रुफियाँ, बर्माको एक क्याट, बर्मुडाको दुई डलर, युगाण्डाको पचास हजार सिलिङ लगायत मुद्रा सुन्दर मुद्राको सुचीमा छन् ।

bermuda 2

प्रतिक्रिया दिनुहोस्