Logo

निगममा साझेदार ल्याउन कस्सीयो सरकार, प्रस्ताव आह्वानको तयारी

निगममा साझेदार ल्याउन कस्सीयो सरकार, प्रस्ताव आह्वानको तयारी


रक्षा रेग्मी
27
Shares

काठमाडौ । पर्यटन मन्त्रालयले नेपाल वायु सेवा निगममा रणनितीक साझेदार भित्र्याउन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले रणनितीक साझेदारका लागि प्रस्ताव आह्वानको मस्यौदा तयार गरिसकेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । अर्थ मन्त्रालयको रायसहित साझेदार भित्र्याउँदा समेट्नुपर्ने विषयमा मन्त्रालयमा व्यापक छलफल भइरहेको उनको भनाइ छ ।

व्यवस्थापिका संसद अन्तर्गतको लेखासमितीको आइतबारको बैठकले निगममा तीन महिनाभित्र रणनीतिक साझेदार भित्र्याउन निर्देशन दिएको थियो ।
लामिछानेका अनुसार रणनितीक साझेदारका लागि प्रस्ताव गर्ने कम्पनीको व्यवस्थापन क्षमता, सञ्चालन तथा प्राविधिक पक्ष लगायतका विषय मुल्याङ्कनका आधार हुनेछन् । प्रस्ताव आह्वान पछि प्राप्त हुने आवेदन अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय, र निगमका विज्ञ सम्मिलित टोलीले टुङ्गो लगाउनेछ । लामिछानेकै संयोजकत्वमा गठित समितिले यसको मोडालिटिको अध्ययन गरी आइतबार नै निवेदन पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई बुझाएको थियो ।

सोहि प्रतिवेदन अनुसार प्रस्तावको मस्यौदा तयार गरिएको हो । निगमलाई प्रतिस्पर्धि बनाउने तथा व्यवस्थापनका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया अघि सारिएको हो । निगममा अन्य जहाज खरिदको प्रक्रिया पनि अगाढी बढाउनुपर्ने भएकोले रणनितीक साझेदारको आवश्यकता महसुस गरिएको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्