Logo

बैंकको फोन र म्यासेजको झड्का नेप्सेमा, परिसुचक १३ अंकले घट्दा ५४ करोडको कारोवार

बैंकको फोन र म्यासेजको झड्का नेप्सेमा, परिसुचक १३ अंकले घट्दा ५४ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले हप्तैपिच्छे कर्जाको व्याजदर बृद्धि गर्न थालेपछि लगानीकर्ताहरु समस्यामा परेका छन् । नेप्से परिसुचक दैनिक जसो ओरालो लागेपछि मार्जिन कलको लगातारको फोन र ब्याजदरको म्यासेज पठाउन थालेपछि लगानीकर्ता सस्तोमै भएपनि सेयर विक्री गर्न वाध्य भएका छन् ।

लगानीका लागि ९ प्रतिशतमा लिएको कर्जाको ब्याज बढेर १६ प्रतिशतभन्दा बढी पुगेपछि सस्तोमै भएपनि सेयर विक्री गर्नुको विकल्प नरहेको एक लगानीकर्ताले बताए । ‘कर्जाको दैनिक रुपमा बढ्दो ब्याजदर र वित्तीय संस्थाले मुद्दती बचतमा दिएको ब्याजदर तुलना गर्दा वियरिस ट्रेण्डमा सेयर राख्नुभन्दा विक्री गर्नु फाइदा हुनुेछ,’ ती लगानीकर्ताले भने, ‘कर्जाको ब्याजदर बृद्धि र मार्जिन कलमा प्रेसर परेपछि घाटा खाएरै भएपनि सेयर बेच्नुको विकल्प छैन ।’

ब्याजदर बृद्धि र मार्जिन कलको दवावकै कारण बजारमा कारोवार रकम समेत बढ्न पुगेको छ । केही समय सेयर होल्ड गरेर बसेका लगानीकर्ताहरुले पछिल्लो समय विक्री गर्ने चाप बढेको हो ।

यसैगरी पछिल्लो समय संस्थागत लगानीकर्ताहरुले पनि आफुसँग भएको सेयर विक्री गर्ने क्रम भएको सम्बद्ध लगानीकताहरु बताउँछन् । बजारमाले वियरिस ट्रेण्ड समाएको र बजार अझै घट्ने सम्भावना भएकाले संस्थागत लगानीकर्ताहरु बजारबाट वाहिरिने क्रम बढेको छ ।

मंगलबार पनि नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार १३ दशमलव ७२ अंकले घट्दा कारोवार रकम भने बढेर ५४ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

बजारमा नेपाल बंगालदेश बैंक र महालक्ष्मी विकास बैंकको कारोवार बढी हुँदा समग्र बजारको कारोवार बढ्न गएको हो । बंगलादेश बैंकको मात्र ११ करोड ४८ लाख रुपैयाँको सेयर खरिदविक्री भयो भने महालक्ष्मीको ७ करोड ९० लाख रुपैयाँको कारोवार भएको छ । दिनभर १ सय ३२ कम्पनीको १२ लाख ३२ हजार किक्ता सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL