Logo

नेप्सेले अघि बढायो तीन क्लियर बैंक थप्ने प्रक्रिया, यस्ता छन् मापदण्ड !

नेप्सेले अघि बढायो तीन क्लियर बैंक थप्ने प्रक्रिया, यस्ता छन् मापदण्ड !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिले क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लिको निर्देशन अनुसार सिडिएसीले उक्त प्रक्रिया अघि बढाएको हो ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ प्राप्त भएपश्चात संशोधित प्रावधानलाई समेत समेटेर क्लियरिङ बैंक थप गर्न लागिएको सिडिएसीले जानकारी दिएको हो हो । सिडिएसीले आवेदन माग गर्दै उक्त प्रक्रिया अघि बढाएको हो ।

बजारमा कारोवार रकम बढ्दै गएको र एउटा मात्र क्लियर बैंक हुँदा सेवाग्रही मर्कामा परेको भन्दै नेपाल धितोपत्र बोर्डले पटक–पटक निर्देशन दिएपछि सिडिएसीले उक्त प्रक्रिया अघि बढाएको हो ।

प्रतिस्पर्धात्मक रुपमा क्लियरिङ बैंक थप गर्न माग गरिएको आशय पत्रमा ईच्छुक कम्पनीहरु ‘क’ वर्गको वाणिज्य बैंक हुनुपर्ने, चुक्ता पुँजी बढी भएकालाई प्राथमिकता दिइने, भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको हुनुपर्ने, आस्बा प्रणालीको सदस्य भएको, डिपी लाईसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्जाल भएको, सरकारी कारोबार गर्ने गरेको लगायतका मापदण्डहरु लाई आधार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्