Logo

नेप्सेलाई प्रभाव पारेन बन्दले , मंगलबार १० अंकको बृद्धि

नेप्सेलाई प्रभाव पारेन बन्दले , मंगलबार १० अंकको बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२९ पुस, काठमाडौं । मंगलबार नेप्से परिसुचक ९ दशमलव ६८ अंकले बढेको छ । राजनीतिक दलको बन्द हड्तालले उद्योग कलकारखाना लगायतका क्षेत्रमा प्रभाव पारेपनि नेप्सेमा भने प्रभाव परेन ।

साताको पहिलो र दोस्रो दिन नेप्से परिसुचक ओरालो लागेपनि राजनीतिक पार्टीले गरेको बन्दको दिन भने नेप्से परिसुचक उकालो लागेको छ । बजारमा नेप्से परिसुचक झण्डै १० अंकले बढेर ९ सय ३७ दशमलव ४८ विन्दुमा पुगेको छ । बजार खुलेको केही समय ओरालो लागेको नेप्से परिसुचक अन्तमा बढेको हो ।

मंगलबार सवैभन्दा बढी बीमा समुहको परिसुचक बढेको छ । उक्त समुहको परिसुचक १ सय १२ दशमलव ३६ अंकले बढेको छ । यसैगरी होटल समुहको परिसुचक ४२ अंकले बढेको छ  भने फाइनान्स समुहको परिसुचक पनि १४ अंकले बढेको छ ।

अघिल्लो दिनमा ओरालो लागेको बैंकिङ समुहको परिसुचक पनि ५ अंकले बढेको छ । बजारमा व्यापार समुह वाहेक सवै समुहका परिसुचक उकालो लागेको छ ।

मंगलबार बजारमा कारोवार रकम पनि केही बृद्धि भएको छ । दिनभर कुल २३ करोड ५७ लाख रुपैयाँ बरावरको ५ लाख ३३ हजार कित्ता सेयर कारोवार भएको छ ।

आज सवैभन्दा बढी बिजनेश युनिभर्शल डेभलपमेन्ट बैंकको सेयर कारोवार भएको छ । उक्त बैंकको २ करोड रुपयाँ बरावरको सयेर कारोवार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL