Logo

निगममा रणनितीक साझेदार भित्र्याउन प्रक्रिया शुरु, मोडालिटीमा अझै अन्यौलता

निगममा रणनितीक साझेदार भित्र्याउन प्रक्रिया शुरु, मोडालिटीमा अझै अन्यौलता


रक्षा रेग्मी
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रणनितीक साझेदार भित्र्याउने प्रक्रिया अघि बढाएको छ । रणनीतिक साझेदारका भित्र्याउनका लागि पर्यटन मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन भएको समितिले सो प्रक्रिया सुरु गरेको हो । हाल रणनीतिक साझेदारको मोडालिटीबारे छलफल भइरहेको निगमका प्रवन्ध निर्देशक प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले जानकारी दिए । ‘कुन मोडालिटीमा कसरी अघि बढ्ने भन्ने बारे छलफल हुँदै छ,’ उनले भने, ‘ठोस खाका तयार भएपछि थप काम शुरु गरिने छ ।’

मन्त्रालय र निगमका अधिकारीहरूले नै कुन मोडलमा कसरी रणनीतिक साझेदार भित्र्याउने भन्ने छलफल गरेर टुंग्याउने कंशाकारले बताए । रणनीतिक साझेदार भित्र्याउन कम्पनी ऐनमार्फत अघि बढ्नुपर्छ । समितिले सो सम्वन्धी अध्ययन गरे पश्चात ‘टि ओ आर’ बनाएर अघि बढिने उनको भनाइ छ ।

निगम संचालक समितिको गत पुस १९ मा बसेको बैठकले यस सम्बन्धी निर्णय गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रक्रिया अगाडी बढाउन सहजकर्ताको भुमिका निर्वाह गरिदिन समेत आग्रह गरेको थियो । निगम व्यवस्थापन सुधार गर्ने भन्दै बिगत लामो समयदेखि रणनीतिक साझेदार भित्राउने पहल हँुदै आएको थियो ।

निगमको व्यवस्थापन चुस्त बनाउनका लागि भन्दै रणनीतिक साझेदार भित्राउने प्रक्रिया सुरु गरेको हो । निगमले हाल दुई ठूला वाईड बडी जहाज खरिद प्रक्रिया अगाडि बढाउनुका साथै अन्य जहाज पनि खरिद प्रक्रिया अगाडी बढाउनुपर्ने भएकोले पनि साझेदारको आवश्कयता महशुस गरिएको कंशाकार बताउँछन् ।

उनका अनुसार निगममा रणनीतिक साझेदार आएसँगै व्यवस्थापनमा व्यापक सुधार गर्न सकिने भएकोले ठूलै विदेशी एयरलाइन्ससँग साझेदारी गर्ने विषयमा छलफल चलिरहेको छ । तर, कसरी गर्ने भन्ने विषयमा नै अहिले छलफल चलिरहेको कंसाकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL