Logo

आजदेखि आइफोनका सवै सेटमा फोरजी, यसरी चलाउनुहोस

आजदेखि आइफोनका सवै सेटमा फोरजी, यसरी चलाउनुहोस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अव सवै आइफोन प्रयोगकर्ताले पनि फोरजी सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी आजदेखि देखि सवै सिरिजका आइफोन सेटमा सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको हो । यस अघि यो सेवा आइफोन फाइभ सिरिजका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो ।

आज देखि आइफोन सिक्स, सिक्स प्लस, सेभेनलगायतमा पनि फोरजी सेवा उपलब्ध गराएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

नेपाल टेलिकमले फोरजी सेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि एप्पल कम्पनीका सवै सिरिजका मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेको थियो ।

नेपाल टेलिकमले गत पुस १७ गते देखि नेपालमै पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । आरम्भमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा २०७३ माघ २२ गते देखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ ।

यसरी चलाउनुहोस

आइफोनमा फोरजी सञ्चालन गर्न एप्पल कम्पनीको वेवसाइटमा गएर उपलब्ध निर्देशन अनुसार आप्mनो फोनको वयाकअप लिइ प्रोफाइल डाउनलोड गर्नुपर्छ ।
त्यसपछि जनरल सेटिङ सफ्टवेयर अपडेटमा गई वेटा भर्सन डाउनलोड गरेर आइफोन सिकस तथा त्यससमाथिका सिरिजमा फोरजी चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्