Logo

कारोवार दोब्बरले बढ्दा ३६ अंकले घट्यो नेप्से, किन सस्तोमा बेच्दैछन् सेयर ?

कारोवार दोब्बरले बढ्दा ३६ अंकले घट्यो नेप्से, किन सस्तोमा बेच्दैछन् सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार सेयर बजार उच्च रुपमा ओरालो लागेको छ । लामो समय सामान्य घटवढ भएको नेप्से परिसुचक मंगलबारदेखि उच्च रुपमा घट्न शुरु गरेको छ । पछिल्लो २ दिनमा नेप्से परिसुचक ६१ अंकले घट्न पुगेको छ ।

बढ्दो ब्याजदर र मार्जिन कलबाट पिडित लगानीकर्ताले घटेरै भएपनि सेयर बेच्न शुरु गरेका छन् । साथै, बैक वित्तीय संस्थाले मुद्दति निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिएपछि पनि लगानीकर्ताहरु सेयर बजारबाट बाहिरिएर बचततर्फ केन्द्रित हुन थालेका एक लगानीकर्ताले बताए ।

झण्डै २ महिना अघि बजारबाट ठूला लगानीकर्ता वाहिरिएपछि साना लगानीकर्ताहरुबीच मात्र कारोवार भइरहेको थियो । जसले गर्दा दैनिक झण्डै डेढ अर्ब पुगेको कारोवार घटेर २५ करोड रुपैयाँमा सिमिति भएको थियो ।

बुधबार नेप्से परिसुचक ३६ दशमलव ३८ अंकले घट्दा कारोवार रकम दोब्बरले बढेर ५९ करोड रुपैयाँ पुगेको छ । ठूला लगानीकर्ताहरु च्याखेदाउमा बसेपछि साना लगानीकर्ताहरु बाध्य भएर घटेरै भएपनि सेयर बेच्न शुरु गरेका सम्बद्ध स्रोतको भनाइ छ ।

बजारमा उत्पादनमुलक वाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुह २ सय ६७ अंकले घटेको छ । यसैगरी बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ३६ अंकले घट्न पुगेको छ भने विकास बैंक समुह २९ अंकले ओरालो लागेको छ ।

यस्तै होटल समुह ५८ अंकले ओरालो लाग्दा फाइनान्स समुह २४ अंकले घट्न पुगेको छ । बजारमा जलविद्युत समुहको परिसुचक पनि ५१ अंकले ओरालो लागेको छ ।

दिनभर कुल १ सय ३५ कम्पनीको १७ लाख कित्ता सेयर खरिदविक्री भएका छन् । आजपनि बजारमा सवैभन्दा बढी प्रभु बैंकको सेयर कारोवार भएको छ । अघिल्लो हप्ता प्रति किक्ता २ सय १ रुपैयाँमा कारोवार भएको प्रभुको संस्थापक सेयर आज घटेर १ सय ९१ रुपैयाँमा खरिदविक्री भएको छ । तर, अन्य कम्पनीको भने साढे २ करोड रुपैयाँभन्दा कम कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्