Logo

संघीय संसद्को वर्षे अधिवेशन सुरु : नीति तथा कार्यक्रमदेखि प्रिबजेट छलफलसम्मको कार्यतालिका तय

संघीय संसद्को वर्षे अधिवेशन सुरु : नीति तथा कार्यक्रमदेखि प्रिबजेट छलफलसम्मको कार्यतालिका तय



काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ। यससँगै प्रतिनिधिसभाको आगामी दुई साता अर्थात् यही वैशाख ३१ गतेसम्मको पाक्षिक कार्यतालिका तय भएको छ।

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार १५ वैशाखसम्मको छुट्टै क्यालेन्डर र त्यसपछि १६ देखि ३१ वैशाखसम्मको अर्को क्यालेन्डर सार्वजनिक गरिएको हो।

क्यालेन्डरअनुसार पहिलो बैठक आज ९१३ वैशाख० बस्नेछ। त्यसपछि १४ र १५ गते पनि बैठक तय भएको छ। अर्को बैठक १६ गते बस्नेछ भने वैशाख १९ गतेको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संयुक्त सदनमा प्रस्तुत गरिनेछ।

त्यसपछि प्रतिनिधिसभाका बैठकहरू क्रमशः वैशाख २२, २३, २४, २५, २६, २८, ३० र ३१ गते बस्नेछन्। वैशाख २८ गतेदेखि भने प्रिबजेट छलफल सुरु गरिने कार्यतालिकामा उल्लेख गरिएको छ।

संसद् बैठकहरूमा कुन दिन के विषयमा छलफल हुने भन्ने विषयसमेत कार्यतालिकामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्