Logo

थप पेचिलो बन्यो नयाँ गभर्नर नियुक्ती प्रक्रिया, भट्टराईले छनौट समितिबाटै दिए राजीनामा

थप पेचिलो बन्यो नयाँ गभर्नर नियुक्ती प्रक्रिया, भट्टराईले छनौट समितिबाटै दिए राजीनामा



काठमाडौं । राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्तिको प्रक्रिया थप पेचिलो बनेको छ । सरकारले गठन गरेको छनोट समितिका सदस्य तथा पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि यो प्रक्रिया झन पेचिलो बनेको हो । स्रोतका अनुसार उनले समितिको निष्क्रियता र समयमै बैठक नबसेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

सरकारले फागुन २२ गते गठबन्धन सरकारका तर्फबाट नेकपा एमाले नेता समेत रहेका अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बनाएको थियो। महाप्रसाद अधिकारीको कार्यकाल गत चैत्र २४ गते सकिनुअघि सरकारले नयाँ गभर्नर छनोटका लागि पहल थाले पनि प्रक्रिया अघि बढ्न सकेको छैन।

समितिमा भट्टराईसँगै अर्थविद् डा. विश्व पौडेल रहेका छन्। तर, गठन भएको ३ हप्ताभन्दा बढी भइसक्दासमेत समितिको एकपटक पनि बैठक बस्न नसक्नुले जिम्मेवार व्यक्तिहरूमा असन्तुष्टि चुलिएको देखिन्छ। समितिका संयोजक पौडेलले बैठक बोलाउन ढिलाइ गरेपछि भट्टराई रुष्ट बनेका थिए।

हाल कायम मुकायम गभर्नरका रूपमा निलम ढुंगाना राष्ट्र बैंकको नेतृत्व गरिरहेकी छन्। गभर्नर नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइसमेत अझै हुन बाँकी छ। यसैबीच, समितिमा देखिएको असहमति र राजीनाले गभर्नर नियुक्तिको प्रक्रिया झनै पेचिलो बनेको छ।

प्रतिक्रिया दिनुहोस्