Logo

६५ प्रतिशतले बढ्यो निर्यात, चैतसम्म १ खर्ब ८८ अर्बको वस्तु बाहिरियो

६५ प्रतिशतले बढ्यो निर्यात, चैतसम्म १ खर्ब ८८ अर्बको वस्तु बाहिरियो



काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

यो गत आवको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । गत आवको यहि अवधिमा नेपालले १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको मात्रै मालवस्तु विदेश निर्यात गरेको थियो ।

विभागकाे तथ्यांक अनुसार यस अवधिमा आयात व्यापार पनि १२.१८ प्रतिशतले बढ्दै १३ खर्ब ९ अर्ब रुपैयाँ नाघेको छ । गत आवको यहि अवधिमा यस्तो आयात ११ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको थियो ।

यसरी चालु आवको चैत मसान्तसम्म अर्थात ९ महिनामा नेपालले ११ खर्ब २१ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । गत आवमा यस्तो व्यापारघाटा १० खर्ब ५३ अर्ब रहेकोमा चालु आवमा यसमा ६.५४ प्रतिशतको वृद्धि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्