Logo

डा. गुणाकर भट्टले दिए राजीनामा, गभर्नर बन्ने सम्भावना कति ?

डा. गुणाकर भट्टले दिए राजीनामा, गभर्नर बन्ने सम्भावना कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएसँगै उनले शुक्रबार राष्ट्र बैंकसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको समझदारीअनुसार भट्टलाई राष्ट्र बैंकको १८औं गभर्नर बनाउने सहमति भएको कुरा बाहिर आईसकेको छ । सत्ता साझेदार दलबीच लामो समयको रस्साकस्सीपछि कांग्रेसको प्रस्तावमा एमाले अध्यक्ष ओली पछि हटेपछि सहमति जुटेको थियो ।

सरकारले गभर्नर सिफारिसका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा समिति गठन गरिसकेको छ। समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन्। पौडेल भारतबाट फर्किएपछि बैठक बस्नेछ र भट्टसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस हुनेछ।

डा. भट्ट राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा कार्यरत छन् र कांग्रेस सरकारका बेला अर्थमन्त्री डा। प्रकाशशरण महतका आर्थिक सल्लाहकार पनि भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्