काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले आईतबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा शिखर इन्स्योरेन्स सबैभन्दा बढी व्यवसाय गर्ने कम्पनी बनेको छ।
शिखर इन्स्योरेन्सले फागुन महिनासम्म ४ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७५ करोड, आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले २ अर्ब ३७ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड, नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड, र एनएलजी इन्स्योरेन्सले १ अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
त्यस्तै, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ७० करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड, र राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क निम्नानुसार छः
शिखर इन्स्योरेन्स – ४ अर्ब १ करोड रुपैयाँ
सगरमाथा लुम्बिनी इन्स्योरेन्स – ३ अर्ब ३२ करोड रुपैयाँ
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स – २ अर्ब ७५ करोड रुपैयाँ
आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्स – २ अर्ब ३७ करोड रुपैयाँ
हिमालयन एभरेष्ट इन्स्योरेन्स – २ अर्ब २१ करोड रुपैयाँ
नेको इन्स्योरेन्स – २ अर्ब १९ करोड रुपैयाँ
एनएलजी इन्स्योरेन्स – १ अर्ब ८५ करोड रुपैयाँ
ओरिएन्टल इन्स्योरेन्स – १ अर्ब ७० करोड रुपैयाँ
यूनाइटेड अजोड इन्स्योरेन्स – १ अर्ब ५९ करोड रुपैयाँ
सानिमा जिआइसी इन्स्योरेन्स – १ अर्ब ५७ करोड रुपैयाँ
नेपाल इन्स्योरेन्स – १ अर्ब ४० करोड रुपैयाँ
प्रभु इन्स्योरेन्स – १ अर्ब १६ करोड रुपैयाँ
राष्ट्रिय बीमा कम्पनी – १ अर्ब ९ करोड रुपैयाँ