Logo

३ अर्ब ३० करोडको एफपीओ जारी गर्दै स्ट्याण्डर्ड चाटर्ड, प्रति कित्ता मूल्य १२९०

३ अर्ब ३० करोडको एफपीओ जारी गर्दै स्ट्याण्डर्ड चाटर्ड, प्रति कित्ता मूल्य १२९०


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले प्रतिकिक्ता १२९० रुपैयाँ प्रिमियम मूल्यमा एफपीओ जारी गर्न लागेको हो ।

बैंकले एक सय रुपैयाँको सेयरमा प्रतिकिक्ता प्रिमियम मूल्य ११९० रुपैयाँ जोडेर एफपीओ निकाल्न लागेको हो । जस अनुसार बैंकले २५ लाख ५८ हजार १ सय ४० किक्ता एफपीओ जारी गर्ने भएको छ ।

बैंकले कुल २५ कोड ५८ लाख रुपैयाँ एफपीओ जारी गर्न लागेको हो । हाल बैंकले प्रिमियम मूल्यमा ३ अर्ब ३० करोड रुपैयाँको सेयर जारी गर्दा ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढी रकम रिजर्भकोषमा बस्ने छ ।

बैंकको हिजो बसेको ३५० औं बैंक संचालक समितिले १२९० रुपैयाँमा एफपीओ जारी गर्ने निर्णय गरेको हो । एफपीओ जारी सम्बन्धमा धितोपत्र बोर्डले निर्धारण गरेको मापदण्ड अनुसार मूल्य निर्धारण गरिएको बैैंकले जानकारी दिएको छ । एफपीओ जारी सम्बन्धमा बैंकको ३० औं साधारणसभाले स्वीकृति प्रदान गरेको थियो ।

भर्खरै बैंक संचालक समितिले निर्णय गरेको र त्यसको स्वीकृति लिनमा लागि धितोपत्र बोर्डलगायतका नियामक निकायमा जानकारी गराउने भएको छ । बैंक बोर्डले एफपीओको मूल्य निर्धारण गरेको सम्बन्धमा नेपाल स्टक एक्स्चेञ्जमा आजै मात्र जानकारी गराएको छ । केही समयभित्र बोर्ड तथा अन्य नियामक निकायमा स्वीकृतिका लागि पेश गर्ने भएको छ ।

standchard_bank

प्रतिक्रिया दिनुहोस्