Logo

एलोन मस्क बर्बाद हुने बाटोमा ! ४९ प्रतिशतले घट्यो टेस्ला कारको बिक्री, सेयरमा पनि गिरावट

एलोन मस्क बर्बाद हुने बाटोमा ! ४९ प्रतिशतले घट्यो टेस्ला कारको बिक्री, सेयरमा पनि गिरावट



काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्क कठिन समयबाट गुज्रिरहेका छन् । उनको प्रमुख कम्पनी टेस्लाको बिक्रीमा भारी गिरावट आइरहेको छ । मानिसहरू टेस्ला कारहरू किन्नबाट बचिरहेका छन् । अर्कोतर्फ, कार बिक्री कम भएका कारण टेस्लाको शेयर क्र्यास भएको छ । यस वर्ष यसमा ठूलो गिरावट आएको छ । यो गिरावट गुगल र एनभिडियाको भन्दा बढीको छ । विश्वका धेरै देशका मानिसहरू मस्क र टेस्लाप्रति रिसाएका छन् ।

नेटवर्थ कति घट्यो ?

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार यस वर्ष एलोन मस्कको सम्पत्ति १०३ अर्ब डलर (१५ लाख करोड रुपैयाँभन्दा बढी) ले घटेको छ । यद्यपि, उनी संसारकै सबैभन्दा धनी व्यक्ति नै रहेका छन् । अहिले मस्कको कुल सम्पत्ति ३३० अर्ब डलर छ । यस वर्ष सम्पत्तिमा गिरावटको हिसाबले पनि मस्क पहिलो स्थानमा छन् । उनको सम्पत्तिमा गिरावट आउनुको मुख्य कारण उनको प्रमुख कम्पनी टेस्लाको शेयरमा आएको गिरावट हो ।

टेस्लाको शेयर कति घट्यो ?

यस वर्ष टेस्लाको शेयर पनि तीव्र गतिमा घटेको छ । यस वर्ष टेस्लाको शेयर लगभग ३० प्रतिशतले घटेको छ । यो गिरावट गुगल र एनभिडिया जस्ता विश्वका ठूला कम्पनीहरूको भन्दा बढी हो । यस वर्ष गुगलको शेयर लगभग ८ प्रतिशतले घटेको छ भने एनभिडियाको शेयर लगभग १८ प्रतिशतले घटेको छ । पछिल्लो एक महिनामा नै टेस्लाको शेयर लगभग २५ प्रतिशतले घटेको छ ।

टेस्लाको बिक्रीमा व्यापक गिरावट

विश्वभर टेस्लाको कार बिक्रीमा आएको ४९ प्रतिशतले गिरावट आएको छ । जर्मनीमा टेस्ला कारको बिक्री ७६ प्रतिशतले घटेको छ भने नेदल्याण्डमा यस्तो गिरावट २४ प्रतिशत, फ्रान्समा ४५, इटालीमा ५५, स्वीडेनमा ४२, स्पेनमा १० र पोर्चुगलमा ५३ प्रतिशत रहेको छ । यस्तै फेब्रुअरीमा अष्टे«लियामा टेस्ला कारको रजिष्ट्रेसनमा ६६ प्रतिशतको गिरावट आएको छ ।

मानिसहरू मस्कसँग असन्तुष्ट

मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिक भएदेखि नै मानिसहरूले उनलाई कम मन पराउन थालेका छन् । ट्रम्पको ट्यारिफ नीतिहरू अन्य देशका धेरै मानिसहरूले पनि मन पराउँदैनन् । यसबाहेक, मस्कले अमेरिकामा सरकारी जागिरबाट कर्मचारी हटाउने तरिका पनि मानिसहरूलाई मन परिरहेको छैन । यो पनि टेस्ला कारको बिक्रीमा गिरावटको सबैभन्दा ठूलो कारण हो । विशेष गरी युरोपमा कतिपय मानिसहरूले टेस्ला शोरूममा आगो लगाउने प्रयास वा आगो लगाउनेसम्मका आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This