Logo

लघुवित्तमा अब आधारदर लागू हुने, स्प्रेड र प्रिमियम तोक्दै राष्ट्र बैंक

लघुवित्तमा अब आधारदर लागू हुने, स्प्रेड र प्रिमियम तोक्दै राष्ट्र बैंक



काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले तोक्ने कर्जाको ब्याजदर आधार दरसँग आवद्ध गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै आगामी वर्षको जेठदेखि कर्जाको ब्याजदर आधारदरसँग आवद्ध हुने व्यवस्था गरेको हो ।

यसअघि लघुवित्तहरुको ब्याजदरमा १५ प्रतशितको क्याप लगाइएको थियो । उक्त व्यबस्थाले समस्या उत्पन्न भएको भन्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुले आधारदर कायम गरी प्रिमियम तोक्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

अब भने कर्जाको ब्याजदर न्यूनतम आधार दरको संरचनाभित्र रहेर राष्ट्र बैंकले तोकेको स्प्रेडदर र प्रिमियमको सुविधा भित्र रहेर निर्धारण गर्न पाउनेछन् । जस अनुसार अहिलेको घट्दो ब्याजदरमा ऋणीहरुले समेत सस्तो ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्