Logo

नेप्सेमा नेपाल लाईफको एफपीओ असर, २६ अंकले घट्दा ४० करोडमा खुम्चियो कारोवार

नेप्सेमा नेपाल लाईफको एफपीओ असर, २६ अंकले घट्दा ४० करोडमा खुम्चियो कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले फरदर पब्किक अफरिङ (एफपीओ) का लागि आबह्वान पत्र जारी गरेसँगै त्यसको असर सेयर बजारमा देखिएको छ । कम्पनीले एफपीओ जारीका लागि आबह्वान गरेसँगै लगानीकर्ताहरुले आफुसँग भएको सेयर बेचेर रकम जोहो गर्न थालेका छन् ।

कम्पनीले ३० लाख ९६ हजार कित्ताभन्दा बढी अफपीओ जारी गर्ने घोषणा गरेको छ । जस अनुसार बरावर मूल्यमा मात्र आवेदन दिने हो भने पनि झण्डै साढे ४ अर्ब रुपैयाँभन्दा बढी रकम आवश्यक पर्छ । यस अघि नेपाल इन्भेष्टमेन्ट बैंकले लगायतले एफपीओ जारी गर्दा ८ गुणसम्म बढी आवेदन परेकाले यसको लागि पनि झण्डै ४० अर्ब रुपैयाँ जतिको आवेदन पर्ने अनुमान छ । जसले गर्दा बजारमा परिसुचक र कारोवार रकम दुवै ओरालो लागेका छन् । बजारमा तरलता आभाव तथा ब्याजदर उच्च रहेकाले पनि लगानीकर्ताले आफुसँग भएको सेयर विक्री गरेर एफपीओ भर्न लागेको एक लगानीकर्ताले जानकारी दिए ।

हिजोसम्म बढेको बजार एफपीओको घोषणसँगै २६ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा कारोवार रकम पनि ४० करोड रुपैयाँभन्दा तल नै खुम्चिएको छ । एफपीओको लागि रकम जाहो गर्न बजारमा किन्नेभन्दा बेच्ने लगानीकर्ताको चाप बढी देखिएको छ ।

मंगलबार बजारमा सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक २ सय १७ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा बढी प्रभाप पार्ने बैंकिङ समुहको परिसुचक पनि २७ अंकले गिरावट आएको छ । बजारमा विकास बैंक समुह २४ अंकले घट्दा होटल २५ अंकले ओरालो लागेको छ ।

बजारमा कुनै पनि कम्पनीको सेयर कारोवार ३ करोड रुपैयाँभन्दा माथी गएको छैन । मंगलबार एभरेष्ट बैंकको सवैभन्दा बढी २ करोड ७७ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । दिनभर १ सय ३० कम्पनीको ७ लाख ७१ हजार कित्ता सेयर मात्र किनवेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्