काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.६६ अंकले बढ्दै २७ सय ५५ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका २ करोड १२ लाख ६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख नाघेको छ ।
आज कारोबारमा आएकामध्ये ७ समुहको परिसुचक उकालो लाग्दा अन्य ६ समुहको परिसुचकमा गिरावट आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ४८ कम्पनीको सेयरमुल्य घट्दा ९१ कम्पनीको सेयरमूल्य बढेको छ ।
आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी ९५ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।