Logo

लगानीकर्ता तान्न नागरिक स्टक डिलरको गैरकानूनी काम, सेबोन र नेप्सेले सोध्यो स्पष्टीकरण

लगानीकर्ता तान्न नागरिक स्टक डिलरको गैरकानूनी काम, सेबोन र नेप्सेले सोध्यो स्पष्टीकरण



काठमाडौं । नागरिक स्टक डिलरले गैर कानूनी रुपमा सेयर खरिदबिक्री गराएको पाइएको छ । कानूनी रुपमा दुई कार्यदिनमा सेटलमेन्ट गराउनुपर्ने भएपनि नागरिक स्टकले लगानीकर्ताहरु माझ खुलेआम बिज्ञापन गर्दै आफुहरुसँग कारोबार गरेका ७ दिनसम्म उधारो दिने भन्दै खुलेआम प्रचारप्रसार गर्दै आएको हो ।

नागरिक स्टक डिलर नागरिक लगानी कोषको सब्सिडियरी कम्पनी हो । सरकारी स्वामित्वको उक्त कम्पनीले त्यसरी गैर कानूनी रुपमा काम गर्नु ठूलो अपराध भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘आदरणीय ग्राहक महानुभाव, ७ करोबार दिन सम्मका लागि ब्रोकर लिमिट चाहियमा कृपाया तलको नं‍. मा सम्पर्क गर्नुहोला,’ नागरिक स्टक डिलरले लगानीकर्ताहरुलाई पठाएको एसएमएसमा भनिएको छ, ‘सम्पर्क नम्वर ९८४३४६६७०, ९७६१७९९५८०, ९८५११८०५४५ नागरिक स्टक डिलर कम्पन लि (ब्रोकर ६०) ।’

नागरिक स्टक डिलरले त्यसरी खुलेआम म्यासेज पठाउन थालेसँगै नियामक निकायले छानविन अघि बढाएको छ । सो सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्पष्टीकरण सोधिसकेको जानकारी दिएको छ ।

‘अहिले जसरी नागरिक स्टक डिलरले ७ कार्यदिनको लागि उधारो भन्दै खुलेआम म्यासेज पठाएर विज्ञापन गर्दै आएको छ त्यो गैरकानूनी काम हो,’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘यस विषयमा हामीले धितोपत्र बोर्डसँग पनि छलफल गरिसकेका छौं तसर्थ कारबाहीका लागि बोर्डमा सिफारिस गर्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्