Logo

राष्ट्रिय गौरवका आयोजना प्रति प्रधानमन्त्री चिन्तित, भन्छन, ‘आयोजना प्रमुखलाई कारवाही वा पुरस्कृत गर’

राष्ट्रिय गौरवका आयोजना प्रति प्रधानमन्त्री चिन्तित, भन्छन, ‘आयोजना प्रमुखलाई कारवाही वा पुरस्कृत गर’


बिजखबर संवाददाता
0
Shares

राष्ट्रिय गौरवका आयोजनाको कामप्रगतिप्रत्रि प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् । राष्ट्रिय गौरवका अधिकांश आयोजना अघि नबढेको तथा प्रगति न्यून रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औं वैठकमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगतिप्रति असन्तुष्ट व्यक्त गर्दै समिति र कार्यन्वयन गर्ने निकायलाई कडा निर्देशन दिएका छन् । उनले अघि नढेका आयोजनाको तत्काल मोडालिटि तयार पार्न तथा आयोजना प्रमुखको कार्यसम्पादन करार गर्न निर्देशन दिएका हुन् ।
‘राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये काठमाडौं–तराई द्रुतमार्ग, बुढीगण्डकी जलविद्युत आयोजना, निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल, पश्चिम सेती जलविद्युत आयोजना र हुलाकी मार्गको प्रगति सन्तोषप्रद नरहेको मात्र होइन यीमध्ये कतिपयको कार्यान्वयन मोडालिटी समेत प्रष्ट हुन सकेको छैन’ वैठकमा प्रधानमन्त्रीले भने, ‘अतः यी आयोजनाहरूको कार्यान्वयन मोडालिटी सम्बन्धित मन्त्रालयले एक महिनाभित्र निर्दिष्ट गर्न म निर्देशन दिन्छु, साथै, राष्ट्रिय गौरवका आयोजना बन्नका लागि आबश्यक आधारहरु र ती आयोजनाहरुले तर्जुमा तथा कार्यान्वयनमा पाउने विशेष प्राथमिकता सम्बन्धी मापदण्ड दुई महिनाभित्र तयार गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिन्छु ।’
प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरव लगायतका आयोजनाका प्रमुख र विभाग तथा कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन करार गराउन समितिले पहिले नै गरेको निर्णयलाइृ कार्यन्वयमा ल्याउन समेत निर्देशन दिए । ‘कार्यसम्पादन करार अनुरुप काम भए नभएको हेर्ने र सो अनुसार नभए सम्बद्ध कर्मचारीलाई जिम्मेवार गराउने दायित्व पनि करार गराउनेकै हुन्छ’ उनले भने, ‘अतः पहिलो प्राथमिकतामा रहेका सबै आयोजना प्रमुखहरुसँग वस्तुगत सूचकसहित कार्यसम्पादन सम्झौता गर्ने गराउने, त्यसको नियमित अनुगमन गर्ने र कार्यसम्पादनका आधारमा कर्मचारीलाई दण्डित वा पुरष्कृत गर्ने परिपाटी बसाल्न म सम्बन्धित मन्त्री र सचिवहरुलाई निर्देशन दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्