काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागि पाँच जनाको नाम सर्ट लिष्टमा परेको छ । छनौट समितिले सोमबार १२ जनाबाट ५ जनाको नाम छानेको हो ।
अध्यक्ष छनोट समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सिफारिस गरेको हो ।
सर्ट लिष्टमा पर्ने उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ताको लागि २०८१ फागुन १० गते दिउँसो २ बजे बोलाइएको छ ।
