Logo

टीआइए धावनमार्ग पूर्नस्थापनाका लागि टेन्डर आह्वान,३ महिनाभित्र काम शुरु

टीआइए धावनमार्ग पूर्नस्थापनाका लागि टेन्डर आह्वान,३ महिनाभित्र काम शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे रियाविलिटेशन (धानवमार्ग पूर्नस्थापना) का लागि टेन्डर आह्वान गरिएको छ । प्रि क्वालिफिकेशन(पिटीओ) का लागि टेन्डर खुलाइएको टिआइएका महाप्रवन्धक देवानन्द उपाध्ययले जानकारी दिए । प्रस्ताव पेस गर्नेमधये उत्कृष्ट कम्पनी छानी रनवे पूर्नस्थापनाको काम अघि बढाइने उनले बताए ।

‘आवेदन दिनेमध्येबाट उत्कृष्ट र कम लागतमा बनाउने कम्पनी छान्ने छौं,’ उनले भने ‘त्यसपछि निश्चित कम्पनीलाई काम हस्तान्तरण गरी रनवे पूर्नस्थापना सुरु गर्ने छौं ।’ उपाध्ययका अनुसार रनवेको पूर्नस्थापना शुरु गर्न कम्तिमा ३ महिना लाग्ने छ ।

पूर्नस्थापना त्रिभुवन विमानस्थलको धावनमार्ग क्षमताका हिसावले अन्तरराष्ट्रिय स्तरको हुने उनको दावी छ । हाल विमानस्थलको धावनमार्गको क्षमता करिव १ सय ९४ टन मात्र रहेको बताइएको छ । पूर्नस्थापना पछी भने ४ सय ५० टनसम्म थेग्न सक्ने छ ।
त्रिभुनव बिमानस्थलको सो रनवे पूर्नस्थापनाका कुरा धेरै पहिले चलेको भएपन विभिन्न कठिनाइले गर्दा समयमा नभएको उनी स्वीकार्छन् ।
नेपालको एउटामात्र अन्तरराष्ट्रिय विमानस्थल एउटामात्र भएकोले पनि यो निकै चुनौतीपूर्ण रहेको उनको भनाई छ । रनवे रिह्याविलिटेशन गर्दा जहाज अवतरण तथा उडानमा समेत समस्या हुन्छ । त्यसले गर्दा जहाज आवतजावत नगर्ने रातिको समयमा काम गर्ने योजना छ । ‘साथै रनवे विहान प्रयोगयोग्य बनाउनु पर्ने हुँदा निकै चुनौतीपूर्ण छ’ उनले भने ।

उनका अनुसार रनवेको एक रातमा २ घण्टा पिच उप्काउने तथा ३ घण्टामा जोड्नु पर्छ । १ घण्टा सुकाएपछी ६ घण्टापछी पून प्रयोग गर्न उपयोगी बनाउने छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षेत्रफल ३ हजार मिटर छ ।

रनवे पूर्नस्थापना त्रिभुवन विमानस्थलको आन्तरिक परियोजना हो । यसका लागि करिव ३ अर्व रकम लाग्ने अनुमान गरिएको छ ।
भौगोलिक बनावटले गर्दा रनवेको चौडाइ केही मात्रामा बढाउन सके पनि लम्वाई रुपमा बढाउन नसकिने उनले जानकारी दिए । यसले गर्दा रनवेको क्षेत्र भने बढाउन मिल्दैन । तर त्यसको क्षमता भने बढ्छ ।

प्रतिक्रिया दिनुहोस्