Logo

जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे ८० अर्ब ६६ करोड बीमाशुल्क, कसको कति ?

जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे ८० अर्ब ६६ करोड बीमाशुल्क, कसको कति ?



काठमाडौं। आर्थिक वर्ष २०८१–८२ को पुस महिनासम्म जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १ करोड ३३ लाख ७२ हजार १०९ वटा बीमा पोलिसी बिक्री गरी यो रकम संकलन गरिएको हो।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ रहेको छ। कम्पनीले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। त्यसैगरी, तेस्रो स्थानमा रहेको एलआइसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

हिमालयन लाइफले ८ अर्ब ३३ करोड रुपैयाँ संकलन गरेको छ भने सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

अन्य कम्पनीहरूमा एशियन लाइफले ४ अर्ब २१ करोड, सिटिजन लाइफले ३ अर्ब ३८ करोड, र सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

मेट लाइफले २ अर्ब ८६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड, आइएमई लाइफले २ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड, र सन नेपाल लाइफले २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ।

बीमा क्षेत्रमा कम्पनीहरूको आआफ्नो योगदान उल्लेखनीय देखिए पनि सबैभन्दा ठूलो हिस्सा नेपाल लाइफले ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This