Logo

किन लगातार घट्दै छ सुनको भाउ ? यस्ता छन् कारण, अझै घट्ने संकेत !

किन लगातार घट्दै छ सुनको भाउ ? यस्ता छन् कारण, अझै घट्ने संकेत !


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । विश्व बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचनको नतिजापछि ओरालो लागेको सुनको भाउ घट्नेक्रम हालसम्म जारी छ । शुरुमा ट्रम्पको नेतृत्वमाथि शंका गरेर सुनको भाउ घटेको विश्लेष पनि गरिएको थियो ।

तर, राष्ट्रपति भएपछी ट्रम्पको क्रियाकलाप तथा भनाईहरुले लगानीकर्तामा आशा जगाइदिएपनि सुनको भाउ घट्ने क्रम भने रोकिएन । उनले विश्वसँग आर्थिक सम्वन्ध सुद्धृढ गर्नेलगायत तर्कहरु ।

अमेरिकामा लगानीको अन्य क्षेत्र बढेकोले लगानीकर्ताहरु त्यसतर्फ ‘डाइभर्ट’ भएका । त्यस्तै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्वले एक बर्षको अन्तरमा दोश्रोपटक व्याजदर बृद्धि गरेपछि अमेरिका बाहेक विश्वका अधिकांश मुलुकको सेयर बजार घट्नुका साथै सुनको भाउ घटेको हो ।

अमेरिकाको बेरोजगारीदर घटाएर रोजगारी बढेकोले पनि सुनको भाउ ओरालो लागेको हो । सुनको भाउ घट्नुको अर्को कारण भनेको अमेरिकी डलर मजबुत हुनु पनि हो । अमेरिकाको अर्थतन्त्र मजबुत हुँदा डलर थप बलियो भय सुनको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणीरत्न शाक्यको तर्क छ ।

त्यस्तै आतंकबाद र कालोधन विरुद्ध भारत सरकारले ५ सय र १ हजारका भारु प्रतिवन्ध लगाएसँगै सुनको भाउमा नकारात्मक प्रभाव परेको हो । उनका अनुसार भारतीय बजारमा सुनको विक्री अहिले १७ प्रतिशतले ओरालो लागेको छ ।

सुनको भाउ शुक्रवारसम्म्म आइपुग्दा ५१ हजार ८ सयमा झरेको छ । यता विज्ञहरु सुनको भाउ अझै केही घट्ने सम्भावना रहेको बताउँछन् । तर यसको बढ्ने सम्भावना भने ज्यादै न्यून रहेको उनीहरुको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्