Logo

चालु खाता १ खर्ब ४० अर्बले बचतमा, शोधनान्तर स्थिती सुधारियो

चालु खाता १ खर्ब ४० अर्बले बचतमा, शोधनान्तर स्थिती सुधारियो



काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांकअनुसार चालु खाता १ खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो बचत १ खर्ब ४१ अर्ब ३ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ६ करोड बचत रहेको चालु खाता यसपटक १ अर्ब ४ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ३ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ट्रान्सफर २ अर्ब ८७ करोड थियो।

शोधनान्तर स्थिति पनि सुधारिएको देखिन्छ। चालु आवको मंसिरसम्म शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको छ। गत आर्थिक बर्ष यस्तो बचत २ खर्ब १६ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यसपटक १ अर्ब ६७ करोडले बचतमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्