Logo

नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बने मनोज ज्ञवाली

नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बने मनोज ज्ञवाली



काठमाडौं । नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो।

ज्ञवालीसँगै अब नबिल बैंकमा दुई जना वरिष्ठ नायब प्रमुख कार्यकारी हुने भएका छन् । यसअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर बाहिरिए पछि शुरूमा ज्ञवालीले नायब महाप्रबन्धक पदमा नबिल बैंकमा नियुक्ति लिएका थिए ।

विस २०७७ साल साउन २१ गते नबिल बैंकमा जागिर शुरू गरेका उनले शुरूवातमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी पाएका थिए। नायब महाप्रबन्धक पदमा नियुक्त भएको करिब १४ महिना पछि २०७८ कात्तिक १ गतेदेखि उनी नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थिए ।

चार्टर्ड अकाउण्टेण्ट ज्ञवालीले नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा सार्वजनिकरूपमा नै स्पष्ट दृष्टीकोण राख्दै आएका छन् । उनीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव रहेको छ

प्रतिक्रिया दिनुहोस्