Logo

लोडसेडिङ घटाउन असहयोग गर्ने ३ सञ्चालक वर्खास्त, पुन,जोशी र थानी नियुक्त

लोडसेडिङ घटाउन असहयोग गर्ने ३ सञ्चालक वर्खास्त, पुन,जोशी र थानी नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उर्जा मन्त्रालयले लोडसेडिङ घटाउने कार्यमा असहयोग गरेको भन्दै ३ जना सञ्चालकलाई बर्खास्त गरेको छ । मन्त्रालयले लक्ष्मणप्रसाद अग्रवाल,सुरज लामिछाने र मनोजकुमार मिश्रलाई बर्खास्त गरेको हो ।

मन्त्रालयको मंसिर ३० गतेको निणर्य अनुसार उनीहरुलाई वर्खास्त गरिएको मन्त्रालयमा सहप्रवक्ता गोकर्णराज पन्तले बताए । त्यस्तै उनीहरुको ठाउँमा नयाँ ३ सञ्चालकको नियुक्ती समेत गरिएको छ ।

नयाँ सञ्चालकहरुमा रुकुमका भक्तबहादुर पुन, बाजुरका चेतराज जोशी र सुर्खेतमा उमेश थानी रहेको उनले जानकारी दिए । मन्त्रालयले उपभोक्ताबाट उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो ।

नयाँ नियुक्त सञ्चालकहरुलाई मन्त्रालयले पत्राचार गरिसकेको पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्