काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै ३ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार चालु आवको मंसिर महिनामा १४ निर्जीवन बीमा कम्पनीहरुले २ लाख ४० हजार बढी बीमालेख विक्री गरी ३ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । प्राधिकरणका अनुसार यस अवधिमा ८ खर्ब ६ अर्ब रुपैयाँ बराबरको बीमा भएको देखिन्छ ।
प्राधिकरणका अनुसार मंसिरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी ४२ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा शिखर इन्स्योरेन्सले ३३ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै यसै अवधिमा आइजिआई प्रुडेन्सीयलले ३२ करोड ३ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ५९ लाख, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्सले समाना २५ करोड १० लाख र सानिमा जिआईसी इन्स्योरेन्सले २१ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा दि ओरिएन्टल इन्स्योरेन्सले १९ करोड ८२ लाख, एनएलजी इन्स्योरेन्सले १८ करोड ८ं६ लाख, नेपाल इन्स्योरेन्सले, युनाइटेड अजोज इन्स्योरेन्सले १८ करोड ५३ लाख, १५ करोड ७८ लाख र प्रभु इन्स्योरेन्सले ३३ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । मंसिरको महिनामा राष्ट्रिय बीमा कम्पनीले ५ करोड ६१ लाख र नेशनल इन्स्योरेन्सले ५ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार चालु आवको मंसिर मसान्त अर्थात पछिल्लो ५ महिनामा मात्रै यी कम्पनीहरुले कुल १७ अर्ब १७ करालेड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुका हाल सक्रिय बीमालेख संख्य ११ लाख ३७ हजार बढी छन् ।