Logo

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख शमशेर राणा नियुक्त

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख शमशेर राणा नियुक्त



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । यससँगै राणा बैंकको पहिलो नेपाली सीइओ बनेका छन् ।

अरिनब घोष दस्तिदरको कार्यकाल सकिएपछि राणालाई सीईओमा नियुक्त गरिएको हो । सिईओमा नियुक्त हुनुअघि बैंकमा राणा डेपुटी सीईओ रहेका थिए।

सन् १९८७ देखि नेपालमा सञ्चालनमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सुरूदेखिनै कार्यरत राणाले अमेरिकाबाट एमबिए गरेका छन् । राणाले बैंकमा विभिन्न डिपार्टको नेतृत्व समेत गरेका थिए। राणा दिवंगत राजा वीरेन्द्र शाहका ज्वाई हुन् ।

प्रतिक्रिया दिनुहोस्