Logo

नेपालबाट पहिलोपल्ट बंगलादेश विद्युत निर्यात, एकदिनका लागि ४० मेगावाट पठाइयो

नेपालबाट पहिलोपल्ट बंगलादेश विद्युत निर्यात, एकदिनका लागि ४० मेगावाट पठाइयो



काठमाडौं । पूर्व निर्धारित सम्झौता अनुसार नेपालले शुक्रबारदेखि बंगलादेशमा विद्युत निर्यात सुरु गरेको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको उद्घाटन गरेका हुन् । यो सिजनका लागि आज मात्रै ४० मेगावाट बिजुली नेपालबाट बंगलादेश निर्यात भएको हो ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।

विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो । त्यसबेलासम्म प्राधिकरणको अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्