काठमाडौं । नेपालमा अमेरिकी डलरको मूल्यले पुन: नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन बिहीबारको तुलनामा आज डलरको मूल्य १४ पैसाले बढ्दै नयाँ किर्तिमान कायम भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको बिक्री मूल्य १ सय ३५ रुपैयाँ ३० पैसा र खरिद मूल्य १ सय ३४ रुपैयाँ ७० पैसा तोकेको छ।
यो दरले डलरको हालसम्मकै उच्च मूल्यलाई दर्शाउँछ। अन्य मुद्राहरूमा पनि साउदी रियालको बिक्री मूल्य ३६ रुपैयाँ २ पैसा र कतारी रियालको ३७ रुपैयाँ १२ पैसा तोकिएको छ। यूएई दिराम र मलेसियन रिंगिटका मूल्यहरू पनि केही बढेका छन्।
बिहीबार नेपालमा अमेरिकी डलरको खरिद दर १ सय ३४ रुपैयाँ ५४ पैसा र बिक्री दर १ सय ३५ रुपैयाँ १६ पैसा पुगेको थियो ।