Logo

साताको पहिलो दिनमै २९ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

साताको पहिलो दिनमै २९ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २९ दशमलव ५४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ७० दशमलव ९५ अंकमा झरेर बन्द भएको छ ।

बजार खुलेदेखि ओरालो नेप्सेमा होटल र उत्पादनमुलक वाहेक सवै समुहका परिसुचक ओरालो लागेका छन् । आइतवार बीमा समुहको परिसुचक सबैभन्दा बढी २ सय ७४ दशमलव ५६ अंकले घटेको छ । त्यस्तै जलविद्युत ४४ दशमलव ३८ अंकले ओरालो लागेको छ भने सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि २६ अंकले घटेको छ ।

कालोधनबाट अत्तालिएको बजार ५ सय र १ हजार रुपैयाँको प्रविबन्धबाट अझै ओरालो लागको हो । बजारमा राम्रा कम्पनीको बोनस र हकप्रदसँगै घोषणा भएसँगै बढ्नुपर्ने बजार ठिक त्यसको विपरित ओरालो लागेको छ ।

बजारमा कारोवार रकम भने ओरालो लागेको छ । दिनभर कुल ७५ करोड ५३ लाख रुपैयाँ बरावरको १० लाख ८० हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

दिनभर कुनै पनि कम्पनीको सेयर कारोवार ६ करोड रुपैयाँभन्दा माथी जान सकेको छैन । विगत ३ हप्तादेखि उच्च कारोवार हुँदै आएको एभरेष्ट बैंक आज पनि पहिलो स्थानमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्