Logo

दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, कुन कुन परे खारेजीमा

दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, कुन कुन परे खारेजीमा



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गरेको छ । सोमबार दुई छुट्टाछुट्टै सूचना जारी गर्दै सी डाटा कम्युनिकेसन प्रालि र लाइफ नेट प्रालिको इमेलसहित इन्टरनेटको लाइसेन्स खारेज गरेको हो ।

खासगरी प्राधिकरणले पछिल्लो समय दूरसंचार ऐनको व्यवस्था अनुसार समयमै आम्दानी विवरण नबुझाउने, प्रयोगकर्ताको विवरण नबुझाउने र ऐनअनुसार नचल्ने सेवाप्रदायकको लाइसेन्स खारेज गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्