Logo

दशैं तिहारमा अनलाइन दक्षिणा प्रवर्द्धन, वालेटबाट ३० पटकसम्म काराेबार गर्न पाइने

दशैं तिहारमा अनलाइन दक्षिणा प्रवर्द्धन, वालेटबाट ३० पटकसम्म काराेबार गर्न पाइने



काठमाडौं । अब भुक्तानी सेवाप्रदायक कम्पनीहरुले संचालनमा ल्याएका वालेटमा दशैं र तिहारमा दैनिक ३० पटकसम्म रकम जम्मा गर्न पाईने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै असोज २१ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १५ गतेदेखि कार्तिक २२ गतेसम्मका लागि हरेक दिन ३० पटकसम्म कारोबार गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यसअघि एक वालेट खातामा एक दिनमा १० पटकसम्म कारोबार गर्न पाईने सुविधा रहेको थियो । राष्ट्र बैंकले यसपल्टको दशैं र तिहारमा अनलाईन दक्षिणा प्रवद्र्धन गर्नका लागि वालेटमा लोड हुने सिमा बढाईएको राष्ट्र बैंकले स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्