Logo

बुद्धले जुराएको ज्वोईण्टभेञ्चर, अन्तरराष्ट्रिय बजारको खोजीमा ‘निक’

बुद्धले जुराएको ज्वोईण्टभेञ्चर, अन्तरराष्ट्रिय बजारको खोजीमा ‘निक’


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । जतिवेला नेपालमा विदेशी लगानी भित्र्याउने नीति नै थिएन त्यस समयमा पनि नेपालमा ट्रान्सफर्मर निर्माणको क्षेत्रमा प्रत्येक्ष वैदेशिक लगानी (एफडीआई) आइसकेको थियो । नेपाल सरकारले सन् १९९२ मा विदेशी लगानी भित्र्याउनका लागि नीति ल्याएको थियो । तर, ट्रान्सफर्मर निर्माता कम्पनी नेपाल इकरात इञ्जिनियरिङ (निक)ले सन् १९९० मै विदेशी लगानी भित्र्याएर उद्योग स्थापना गरेको थियो ।

kush_kumar_joshi

सन् १९९० मा थाइल्याण्डको लगानी भित्र्याएर उद्योग संचालनमा ल्याएको निकले अहिले वार्षिक ६ हजार ट्रान्सफर्मर निर्माण गर्ने क्षमता बनाएको छ । त्यतिवेला नै आफुले व्यक्तिगत रुपमा विदेशी लगानी भित्र्याउन सफल भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब अध्यक्ष तथा निकका प्रवन्ध निर्देशक कुशकुमार जोशी बताउँछन् । ‘थाइ जनताहरु बुद्ध भनेपछि एकदमै आस्था राख्नछन्,’ उनले भने, ‘त्यतिवेला उनीहरुले नेपाल बुद्ध जन्मेको देश भएकाले नेपालमा विना सर्त सहज रुपमा लगानी गरेका हुन् ।’

सन् १९९० मा स्थापना भएको सो कम्पनीले सन् १९९४ को सातौ विद्युतीकरण योजनामा टेण्डर पार्न सफल भएको थियो । त्यतिवेला कम्पनीले १ वर्षमै २ हजार ७ सय वटा ट्रान्फरर्मर एउटै आयोजनालाई दिएको थियो । नेपालमा मात्र नभई भुटानमा समेत अन्तरराष्ट्रिय बोलपत्रमा प्रतिस्पर्धा गरी झण्डै ६ हजार ट्रान्सफर निर्यात गरिसकेको जोशीले जानकारी दिए ।

गुणस्तरलाई केन्द्रमा राखेकै कारण आफुले जनताको विश्वास जित्न सफल भएको जोशीको दावी छ । ‘अमेरिका, जर्मनी तथा इजरायलको प्रविधि भित्र्याएर उत्पादन शुरु गरेको निकले हामलसम्म गुणस्तरमा कुनै सम्झौता गरेको छैन,’ उनले भने, ‘उपभोक्तालाई राम्रो सेवा दिएकै कारण उनीहरु एकपटक प्रयोग गरेपछि अर्कोपटक अन्त जाँदैनन् ।’ निकको मुख्य ब्राण्डिङ भनेकै गुणस्तर रहेको जोशीको दावी छ । हाल नेपालका हाउजिङ, अपार्टमेन्ट, ठूला जलविद्युत आयोजना तथा अन्य ठूला परियोजनाहरुमा समेत निकको ट्रान्सफर्मर प्रयोग भइरहेको उनको दावी छ ।

neek

 

शुरुमा कम क्षमतामा ट्रान्सफर्मर उत्पादन शुरु गरेको निकले हाल क्षमता बृद्धि गरी १० हजार केभीएसम्म पुर्याएको छ भने ५ हजार केभीएको उत्पादन गरी संचालनमा ल्याइसकेको छ । निकको वार्षिक ६ हजार थान ट्रान्सफर्मर उत्पादनको क्षमता रहेपनि सरकारी नीतिका कारण २ देखि ३ हजारमात्र उत्पादन गर्नुपरेको उनको तर्क छ । ‘नेपाली उत्पादनको मुख्य बजारमा भनेको नेपाल नै हो,’ उनले भने, ‘सरकारले विभिन्न वाहना निकालेर नेपाली सामान नै खरिद गर्न चाहँदैनन् ।’ नेपाललाई वार्षिक ४ हजार थानभन्दा बढी नयाँ ट्रान्सफर्मर आवश्यक भएपनि स्वदेशीलाई प्राथमिकता नदिई विदेशी ल्याउने गरेको उनको आरोप छ ।

सार्वजनिक खरिद ऐनका कारण समस्या

अब्यवहारिक सार्वजनिक खरिद ऐनका कारण नेपाली उद्योगहरु समस्यामा परेको जोशीको तर्क छ । नीतिकै कारण आफुले सरकारको बोलपत्रमा प्रतिस्पर्धा गर्न नसकेको उनको गुनासो छ । ‘निकका ट्रान्सफर्मर विदेशीको तुलनामा बढी गुणस्तरीय हुनुका साथै सस्तो समेत छ,’ उनले भने, ‘तर विदेशीले भन्सार वाहेक र नेपाली कम्पनीले भन्सार सहितको बोलपलत्र हाल्नुपर्दा प्रतिस्पर्धा गर्न सकिएको छैन । विदेशी कम्पनीले भन्सार वाहेक बोलपत्र हाल्दा १५ प्रतिशत सस्तो हुन आउने र नेपाली कम्पनीलाई जम्मा १० प्रतिशत छुट दिइदा सधै ५ प्रतिशत महङगो पर्न जाने उनको तर्क छ ।

अन्तरराष्ट्रिय बजारको खोजीमा

१२ वर्ष अघि भुटानमा ग्लोवल टेन्डरमा प्रतिस्पर्धा गरी निर्यात शुरु गरेको निक अहिले पनि अहिले पनि अन्तरराष्ट्रिय बजारको खोजीमै रहेको छ । आफ्ना उत्पादन नेपाल सरकारले खरिद नगरेपछि अन्तरराष्ट्रिय बजारको खोजीमा लाग्नु परेको जोशी सुनाउँछन् । ‘हाल भुटानलाई वार्षिक २ देखि ३ सय थानमात्र ट्रान्सफर्मर आवश्यक पर्ने र भारतले पनि सकभर विदेशी ट्रान्सफर्मर खरिद नगर्ने भएकाले अन्तरराष्ट्रिय बजारको खोजीमा समेत समस्या भएको छ,’ उनले भने ।

४ करोडको पूँजी ५० करोड

आजभन्दा २५ वर्ष अघि ४ करोड रुपैयाँको लगानीमा स्थापना भएको निकमा अहिले ५० करोड रुपैयाँ भन्दा बढीको लगानी भइरहेको छ । हेटौडामा मुख्य कारखाना हरेको निकको काठमाडौंमा केन्द्रिय कार्यालय रहेको छ । हाल कम्पनीले १ सय २५ जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ । कम्पनीमा विदेशी लगानी रहेपनि त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी भने नेपालीले नै सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL