Logo

सर्वत्र आलोचनापछि भाडादर घटाउन बाध्य भए वायुसेवा कम्पनी, ३ दिनसम्म उच्च भाडा नलिने

सर्वत्र आलोचनापछि भाडादर घटाउन बाध्य भए वायुसेवा कम्पनी, ३ दिनसम्म उच्च भाडा नलिने



काठमाडौं । यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरु हाल उच्च भाडा लिने निर्णयबाट फर्किएका छन् । वायुसेवा कम्पनीहरूले पछिल्लो समय देशभरका सडकहरुमा आएको अवरोधसँगै यसको फाईदा उठाउँदै हवाई भाडादर उच्च बनाएका थिए ।

वायुसेवा कम्पनीहरुको उक्त निर्णयको सर्वत्र आलोचना भएपछि हाल वायुसेवा संचालक संकले आगामी ३ दिनसम्म उच्च भाडा नलिने निर्णय गरेको हो । उनिहरुले आगामी बुधबारसम्म उच्च भाडादर नलिने निर्णय गरेको वायुसेवा सञ्चालक संंघका अध्यक्ष मनोज कार्कीले बताए ।

आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ । वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही दरको माथिल्लो बिन्दुमा टिकट बेच्ने गर्छन् ।

आइतबार वायुसेवा कम्पनीले सबै टिकट माथिल्लो दरमा बिक्रीमा राखेपछि आलोचना भएको थियो । वायुसेवा कम्पनीले विषय परिस्थितिमा हवाई इन्धनमा सरकारले छुट दिने हो भने कम मूल्यमा यात्रुलाई उडान सेवा दिन सकिने भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्