Logo

उखु र दुध किसानको बक्याैता भुक्तानीका लागि २ अर्ब निकासा, दशैं अघि नै किसानको खातामा जम्मा हुने

उखु र दुध किसानको बक्याैता भुक्तानीका लागि २ अर्ब निकासा, दशैं अघि नै किसानको खातामा जम्मा हुने



काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीको लागि गरेको पहल अनुसार शुक्रवार अर्थ मन्त्रालयले उखुको लागि १ अर्व ४५ करोड ३२ लाख रुपैयाँ र दुधको रकम भुक्तानी लगायतका लागि ६० करोड रुपैयाँ निकासा गरेको हो । यसअघि मन्त्रालयको पहलमा मन्त्रीपरिषदको वैठकले दुध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो ।

मन्त्रालयका अनुसार ८ जिल्लाका उखु किसानले गत वर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानकै बैंक खातामा रकम जाने व्यवस्था गरिएको छ । कञ्चनपुर ,नवलपरासी पश्चिम,सुनसरी सिराहा,सर्लाही , महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउँदै आएको गत वर्षको अनुदान रकम पाउने भएका हुन ।

त्यस्तै लामो समय देखी दुध विक्री गरे वापतको रकम पाउन नसकेका दुध किसानहरुले पनि संस्थानलाई सरकारले प्रदान गरको ऋण मार्फत रकम प्रदान गरिने दूग्ध विकास संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताए ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको नेतृत्व समाले पछि किसानले पाउनुपर्ने रकम भुक्तानीको पहल गरेका थिए ।

मन्त्री अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय गरको थियो भने उखु किसानको अनुदान रकम भुक्तानीलाई पनि ताकेता गरेका थिए । मन्त्री अधिकारीले दसैं अघिनै किसानको रकम भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गर्दे आएका छन्। सरकारले प्रदान गरेको रकम किसानकै खातामा पूग्नुपर्नेमा पनि मन्त्री अधिकारीको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्