Logo

निर्जीवन बीमा कम्पनीले दुई महिनामा संकलन गरे पौने ८ अर्ब बीमाशुल्क, कसको कति ?

निर्जीवन बीमा कम्पनीले दुई महिनामा संकलन गरे पौने ८ अर्ब बीमाशुल्क, कसको कति ?



काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो २ महिनामै झण्डै पौने ८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)को तथ्यांक अनुसार यस अवधिमा नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले कूल ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणको तथ्यांकलाई आधार मान्दा यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको देखिन्छ । जसअनुसार पछिल्ला दुई महिनामा यो कम्पनीले १ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ । यस्तै यसै अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८१ करोड ३३ लाख र शिखर इन्स्योरेन्स कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ प्रिमियम संकलन गरी दोस्रो र तेस्रो हुन सफल भएका छन् ।

साउन र भदौका महिनामा मात्रै युनाईटेड अजोडले ४५ करोड, आईजिआई प्रुडेन्सियलले ५८ करोड, सानिमा जिआईसीले ३९ करोड, हिमालयन एभरेष्टले ६० करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले २९ करोड ४१ लाख र नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यसैगरी यसै अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २६ लाख, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४४ करोड र नेपाल इन्स्योरेन्स कम्पनीले ४३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यता भदौको महिनामा मात्रै यी १४ कम्पनीहरुले ३ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्