Logo

दशैंको अग्रिम टिकट बुकिङ असोज १२ देखि, यस्तो छ नयाँ निर्णय

दशैंको अग्रिम टिकट बुकिङ असोज १२ देखि, यस्तो छ नयाँ निर्णय



काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार यातायात व्यवसायी, ट्राफिक प्रहरीका अधिकारी तथा यातायात क्षेत्र सम्बद्ध निकायका अधिकारीहरुबीचको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि पनि १२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोल्ने कुरा भएपनि अन्तिम निर्णय भने भईसकेको थिएन् । मन्त्रालयमा बसेको बैठकले सबै सडकहरु दशैं अघि सुधार गर्ने, यात्रुलाई सक्दो सहजीकरण गर्नेलगायतका निर्णयहरु पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्