Logo

आइएमईको  ‘आइएमई गरौँ,करोडपति बनौ’  योजनामा प्रमिला रोकायाले जितिन १ करोड नगद

आइएमईको  ‘आइएमई गरौँ,करोडपति बनौ’  योजनामा प्रमिला रोकायाले जितिन १ करोड नगद

'आइएमई गरौँ, उद्यमी बनौँ योजना' पनि सार्वजनिक



काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमीला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमइ मार्फत रकम पठाएकी थिइन् ।

आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् । आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही प्रमीला रोकायलाई बधाई ज्ञापन गर्दै आइएमई प्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरे।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम(रेमिटेन्स) मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ,करोडपति बनौ’ योजनाअन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट भएको हो ।

आइएमई एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम-आइएमई गरी रकम पठाउने सेवाग्राहीहरु मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।

आइएमई गरी आइएमई पे वालेट,बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी थिए । आइएमई वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।

आजै आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशिलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ योजना’ पनि सार्वजनिक गरेको छ ।

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्ने छन् । सँगसँगै पहिलो तिन महिना असोज सात गते देखि मंसिर मसान्त सम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक एक जनाले आकर्षक उपहार जित्नेछन् । संगै हरेक तिन तिन महिनामा बम्पर उपहार समेत जित्न सक्नेछन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्व लक्षित ‘यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ भन्ने योजना अन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्