Logo

सिटिजन्स बैंकका लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश प्रस्ताव, साधारणसभामा पारितपछि वितरण गरिने

सिटिजन्स बैंकका लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश प्रस्ताव, साधारणसभामा पारितपछि वितरण गरिने



काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलार्य ४.२१ प्रतिशत लाभांस दिने भएको छ ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारितपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्