Logo

नेप्से एकैपटक ८० अंकले घटेपछि लगानीकर्ता दोधारमा, किन हुँदैछ यस्तो ?

नेप्से एकैपटक ८० अंकले घटेपछि लगानीकर्ता दोधारमा, किन हुँदैछ यस्तो ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेप्से परिसुचक दैनिक उच्च रुपमा घट्न थालेपछि लगानीकर्ताहरु दोधारमा परेका छन् । बजारमा दैनिक ८० अंकभन्दा बढीको उत्तरचढाव हुन थालेपछि लगानीकर्ताको मनोवल खस्किन थालेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । ‘अहिले नेपालको सेयर बजारलाई बढ्दो ब्याजदरदेखि भारुसम्मको प्रभाव परेको छ,’ उनले भने, ‘जसको असरमा बजारमा नराम्रोसँग देखिन थाल्यो ।’

बजार लगानीकर्ताको मनोविज्ञानमा भर पर्ने र अहिले उनीहरु आत्तिएको अवस्थामा रहेको एक लगानीकर्ताको छ । साथै नेपालको सेयर बजारमा लहैलहैमा चलिरहेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै नेपालका केही ठूला लगानीकर्ताहरुलाई भारुको प्रतिवन्धले ठूलो असर गरेको र उनीहरु विस्तारै बजारबाट वाहिरीरहेको समेत ति लगानीकर्ताले बताए ।

आइतबार बजारमा सक्रिट ब्रेक लाग्न पुग्यो । बजारमा खुलेको साढे २ घण्टामा झण्डै ५ प्रतिशतले घटेर बन्द हुन लागेको बजार अन्तत सामान्य लय समातेको थियो । विस्तारै बजार बढ्दै साढे १ प्रतिशतसम्ममा झरेपनि बन्द हुँदा साढे ३ प्रतिशत अर्थात ५८ दशमलव ४६ अंकले झर्न पुग्यो ।

बजार १ हजार ६ सय अंकभन्दा तल झरेर बन्द भएको छ । उच्च रुपमा बजार घट्दा सवै समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ४ सय अंकभन्दा बढीले ओरालो लगोको छ । यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि झण्डै ५९ अंकले ओरालो लागेको छ ।

त्यसैगरी विकास बैंक समुहको परिसुचक ५४ अंकले घट्दा लविद्युत समुह ८६ अंकले ओरालो लागेको छ भने फाइनान्स पनि ३० अंकले घट्न पुगेको छ ।

दिनभर कुल १ सय २७ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब २४ करोड रुपैयाँ बरावरको १५ लाख ३२ हजार कित्ता सेयर खरिदविक्री भएका छन् । जसमा सवैभन्दा अगाडी एभरेष्ट बैंक नै रहेको छ । गत विहीबार ५१ करोडको कारोवार भएको एभरेष्ट बैंकको आज पनि प्रतिकित्ता १ सय १९ रुपैयाँले घट्दै साढे १८ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्सको पनि प्रतिकित्ता ४० रुपैयाँले घट्दै सवा ११ करोडको कारोवार भएको छ । गत हप्ता दुवै कम्पनीले लगानीकर्तालाई राम्रो प्रतिफल घोषणा गरेपनि सेयर मूल्य भने उच्च रुपमा घटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्