Logo

विश्वको सबैभन्दा लामो ट्राफिक जाम : जहाँ १२ दिन सडकमै पर्नुपर्यो अलपत्र, जाममा फसेकाका लागि बनाइएको थियो सडकमै अस्थायी घर

विश्वको सबैभन्दा लामो ट्राफिक जाम : जहाँ १२ दिन सडकमै पर्नुपर्यो अलपत्र, जाममा फसेकाका लागि बनाइएको थियो सडकमै अस्थायी घर



काठमाडौं । मानिसहरूले ट्राफिक जामको सामना गर्नु सामान्य कुरा हो । अफिस जाँदा मानिसहरूले ट्राफिक जामका कारण हुने ढिलाईका लागि अतिरिक्त समय लिन्छन् । कहिलेकाही घरबाट निस्कने बित्तिकै सवारी साधनको गति रोकिन्छ मानिसहरु ट्राफिकमा फसेपछि निसास्सिान थाल्छन । मनमा एउटै चाहना हुन्छ यो जामबाट जसरी पनि निस्कने ।

ट्राफिक जाममा फसेपछि सारा जीवन यहाँ खेर गएजस्तो लाग्छ । केहि मिनेटको लागि ट्राफिक जाममा फस्दा तपाइँ यी सबै चीजहरूको बारेमा सोच्न थाल्नुहुन्छ । यदि १२ दिनसम्म ट्राफिक जाम जारी रह्यो भने तपाइँ कस्तो महसुस गर्नलो । धेरैलाई यसको बारेमा सोच्दा पनि तनाव हुन्छ तर, यस्तो याथार्थमै भएको छ । केही वर्षअघि १२ दिनसम्म मानिसहरु ट्राफिक जाममा फसेका थिए भने सवारीसाधन भने चल्न सकेका थिएनन् ।

संसारको सबैभन्दा लामो ट्राफिक जाम

चीनको राजधानी बेइजिङका मानिसहरु विश्वकै सबैभन्दा लामो ट्राफिक जामबाट गुज्रनु परेको छ । बेइजिङ–तिब्बत एक्सप्रेसवे (चाइना नेशनल हाइवे ११०) मा यस्तो ट्राफिक जाम भएको थियो, जसको अन्त्य हुने संकेत देखिदैन्थ्यो । करिब एक सय किलोमिटर जाम भएको थियो । सवारी साधन र सवारी साधनमा बसेका मानिसहरु १२ दिनसम्म सडकमै अलपत्र परेका थिए । यो जाम संसारको इतिहासमा सबैभन्दा लामो जाम हो । जहाँ आँखाले हेर्दा भेटिने दूरीसम्म सवारीसाधन मात्रै देखिन्थे ।

अगस्त १४, २०१० मा, बेइजिङ–तिब्बत एक्सप्रेसवेमा संसारको सबैभन्दा लामो ट्राफिक जाम भयो । जाम यति लामो थियो कि मानिसहरु १२ दिनसम्म सवारी साधनमा फसेका थिए । त्यहीँ खाए, पिए र ट्राफिक जाममा सुत्न पनि पर्यो । मंगोलियाबाट बेइजिङतर्फ कोइला र निर्माण सामग्री बोकेका ट्रकका कारण यो ट्राफिक जाम भएको थियो ।

त्यतिबेला बेइजिङ–तिब्बत एक्सप्रेसवे निर्माणाधीन थियो । जसका कारण सवारी साधन चल्न सकेनन् । द्रुतमार्ग निर्माणको काम जारी रहेकाले सवारी आवागमन एकतर्फी भएको थियो । मंगोलियाबाट बेइजिङतर्फ निर्माण सामग्री बोकेका ट्रकहरूले बेइजिङबाट निस्कने बाटो अवरुद्ध पारेका थिए । केही समयमै जाम यति लामो भयो कि प्रशासनलाई जाम हटाउन १२ दिन लाग्यो ।

द्रुतमार्ग भर्खरै निर्माण भइरहेको थियो र मंगोलियाबाट कोइला ल्याउने ट्रकहरूको लस्कर सडकबाट जान पाएनन् । धेरै सवारीसाधन बिग्रेकाकारण सडक अवरुद्ध भएको थियो । जाम यस्तो थियो कि त्यहाँ अड्किएका सवारी साधनले दिनमा १ किलोमिटर मात्रै यात्रा गर्न पाएका थिए ।

जाम यति लामो भयो कि सवारीसाधनको मेला देखेपछि द्रुतमार्गको छेउमा सवारीसाधन र साना सवारीसाधन चलाउनेका लागि अस्थायी घर बनाइएको थियो । खाजा, चिसो पेय पदार्थ, चाउचाउ र खाद्यवस्तु चार गुणा मूल्यमा बिक्री हुन थालेको थियो । जनता १० गुणा दरमा पानी किन्न बाध्य भएका थिए । जाम हटाउन प्रशासनले सो मार्गका सबै सडक बन्द गरेर जाममा फसेका ट्रकलाई पहिले निकालियो । त्यहाँ फसेका मानिसहरूलाई बाहिर निकाल्न दिनरात काम गरियो र अन्ततः २६ अगस्त २०१० मा संसारको सबैभन्दा ठूलो ट्राफिक जाम समाप्त भयो ।

प्रतिक्रिया दिनुहोस्