Logo

सहकारी ठगी छानविन समितिको म्याद १५ दिन थप

सहकारी ठगी छानविन समितिको म्याद १५ दिन थप



काठमाडों । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन समितिको म्याद १५ दिन थपिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव संसदबाट सर्वसम्मतिले पारित भएको हो ।

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै थियो । यस अवधिसम्म समितिले सहकारी ठगीमा मुछिएका र नाम जोडीएका दर्जनौंको बयान लिईसकेको छ । केहि दिन अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका समापति रवी लामिछानेको पनि समितिले बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL