Logo

१ हप्ता भित्र ‘मार्स’ लागु गर्दै महानगरपालिका, शुरुवात बागबजारदेखि

१ हप्ता भित्र ‘मार्स’ लागु गर्दै महानगरपालिका, शुरुवात बागबजारदेखि


रक्षा रेग्मी
54
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले (म्युनिसिपल एड्मिनिस्ट्रेसन एण्ड रेभेन्यु सिस्टम) मार्स लागु गर्ने भएको छ । १ हप्ताभित्र महानगरले उच्च्स्तरको प्रविधियुक्त मार्स लागु गर्न लागेको हो । शुरुमा वडा नम्वर ३१ अर्थात बागबजारबाट सो सेवा कार्यान्वयनमा ल्याउँन लागेको महानगरका सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए ।

‘शुरुमा बागबजारमा परिक्षणका रुपमा मार्स लागु गर्ने छौं’ उनले भने ‘त्यसपश्चात क्रमशः अन्य वडामा लागु गर्ने योजना छ ।’ महानगरको सेवालाई कागजरहित, प्रविधिमा आधारित भएर प्रदान गर्न र नागरिकका घरघरमा सेवा विस्तार गर्न विद्युतीय प्रणालीमार्फत विस्तार गर्न लागिएकोहो ।मार्स कार्यन्वयनका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको समेत उनले जानकारी दिए ।

सो प्रणाली लागू भएसँगै महानगरपालिका र वडा कार्यालयमा भएका सबै विद्युतीय कागजी प्रक्रिया र कारोबारका रेकर्ड एउटै सिस्टममा आवद्ध हुनेछ । मार्स लाुग भए पश्चात महानगरले राजस्व तथा वित्तिय व्यवस्थापन, योजना, अफिस व्यवस्थापन लगायत काम पेपरलेस हुने छ । मार्सबाट महानगरले दिने करिव ३० ओटा काम घरबाट गर्न सकिन्छ । जसका लागि प्रयोगकर्ताले शुरुमा महानगरको वेवसाइटमा गएर आइडी लगइन गर्नु पर्ने छ । त्यसपछि त्यहाँबाट विवाह दर्ता, नाता प्रमाणीत,जन्मदर्ता लगायत ३० ओटा सेवा लिन सक्नेछन् ।

यसबाट महानगरले आफ्नो कार्यासम्पादन स्तर बढ्ने र सेवाग्राहीले सहज तथा सरल तरिकाले सेवा पाउने विश्वास गरिएको छ ।महानगरले गत साउन १ देखि कार्यान्वयमा ल्याउने तयारी गरेपनि कार्यन्वयनका आउन सकेको थिए । मार्स प्रणालीबाट नागरिकलाई सेवासँग जोड्न सिटिजन इन्टरफेस सिस्टमसमेत राखिएको छ ।

मार्समा सेवासँग सम्बन्धित विषयमा सेवाग्राहीले महसुस गरेको कुरा प्रतिक्रिया दिन सक्नेछन् । त्यस्तै यस प्रणालीमा आन्तरिक सूचना र कार्यक्रमको एकीकृत अभिलेखीकरण, सहरको बस्तुस्थितिको केन्द्रिकृत तथ्यांक उपलब्ध हुनेछ । मार्स सिस्टममा, पीआइएस अर्थात पर्सनल इन्फरमेसन सिस्टम र पिएमयस् अर्थात् पेरोल म्यानेजमेन्ट सिस्टमको युजर एसेप्टेन्स परीक्षण सम्पन्न भइसकेको बताइएको छ ।

प्रणालीको कार्यान्वयनपछि महानगरले प्रदान गर्ने सेवा, संकलन गर्ने कर तथा राजस्व, एकीकृत र अन्तरसम्बन्धित हुनेछन् । जसबाट चुहावट, ढिलासुस्ती न्युनीकरण हुने तथा सेवामा चुस्तता र आर्थिक व्यवस्थापनमा पारदर्शिता हुने अपेक्षा गरिएको छ ।

महानगरमा लागू गरिएपछि मार्स प्रणालीलाई क्रमशः सबै नगरपालिकाहरुमा र्पुयाउने लक्ष्य छ । यो प्रणाली एसियाली विकास बैंक (एडीबी)को सहयोगमा तयार गरिएको हो । एसियाली विकास बैंक र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लगानीमा हुन लागेको उक्त कामका लागि करिव ४ करोड लाग्ने अनुमान गरिएको छ । सबै वडा कार्यलयबाट नागरिकले उक्त सेवा प्राप्त गर्न सक्नेछन् । सेवा विस्तारका लागि कामपाले १ सय ९० वटा कम्प्युटर तयार पारिसकेको छ ।

त्यसैगरी, बजेट अनुगमन तथा योजना प्रणाली, वित्तीय प्रणाली, राजस्व व्यवस्थापन, कर्मचारीको सूचना आदानप्रदान, जनशक्ति व्यवस्थापन, नागरिक इन्टरफेस प्रणालीलगायत सबै काम यसैमार्फत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्