Logo

साउनमै ९ प्रतिशतले घटयो निर्यात व्यापार, एक महिनामै १ खर्ब १६ अर्ब व्यापारघाटा

साउनमै ९ प्रतिशतले घटयो निर्यात व्यापार, एक महिनामै १ खर्ब १६ अर्ब व्यापारघाटा



काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिना साउनमै नेपालको निर्यात व्यापारमा ९ प्रतिशतको गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा नेपालको निर्यात व्यापार ९.६३ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको पहिलो महिना साउनमा १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले चालु आवको साउनमा भने जम्मा १२ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गर्न सकेको छ ।

यसरी निर्यात व्यापार ओरालो लागेसँगै नेपालले साउनमा मात्रै कुल वैदेशिक व्यापारमा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । गत आर्थिक बर्षको साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको नेपालले गत आवको तुलनामा चालु आवमा यस्तो व्यापारघाटा ०.३८ प्रतिशतले घटाएको हो ।

भन्सार विभागका अनुसार यस अवधिमा नेपालले गर्ने आयातको व्यापार पनि केहि ओरालो लागेको छ । गत आर्थिक बर्षको पहिलो महिना साउनमा १ खब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले चालु आवको साउनमा भने १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु मात्रै आयात गरेको हो । यो गत आवको सोही अवधिको तुलनामा ०.६७ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL