Logo

भारु प्रतिवन्धसँगै सुनको मूल्यमा उत्तरचढाव, एकैदिन १४०० ले घट्यो

भारु प्रतिवन्धसँगै सुनको मूल्यमा उत्तरचढाव, एकैदिन १४०० ले घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारत सरकारले ५ सय र १ हजार रुपैयाँको कारोवारमा प्रतिवन्ध लगाएसँगै सुनको मूल्यमा दैनिक ठूलो मात्रामा उत्तरचढाव भएको छ ।

भारु प्रतिवन्ध लगाएको भोलीपल्टै प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको थियो । तर, आज एकैपटक प्रतितोला १ हजार ४ सय रुपैयाँले घट्न गएको छ । भारुमा भएको प्रतिवन्धसँगै लगानीकर्तामा अन्यौलता देखिएको छ त्यसको प्रत्यक्ष असर सुन बजारमा देखिको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘नेपाली बजारमा भारतको प्रभाव ठूलो छ,’ उनले भने, ‘जसको असर नेपाली बजारमा तत्काल देखिएको हो ।’

स्थानीय बजारमा सुनको मूल्य उच्च रुपमा घटेर प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा करोवार भइरहेको छ । अमेरिकाको राष्ट्रपतिको निर्वाचन तथा भारु प्रतिवन्धले नेपाली बजारमा मात्र नभई अन्तरराष्ट्रिय बजारमै सुनको मूल्यमा उत्तरचढाव आउने शाक्यको तर्क छ । सुनचाँदीको गरगहना बनाउन ८० प्रतिशत कालीगढ हुने गरेको र त्यसले गर्दा पनि नेपाली बजारमा ठूलो असर पर्न गएको हो ।

यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ । विहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्