Logo

सवै समुह रातो हुँदा नेप्सेमा २४ अंकको गिरावट, किन दिनहुँ घट्दैछ परिसुचक ?

सवै समुह रातो हुँदा नेप्सेमा २४ अंकको गिरावट, किन दिनहुँ घट्दैछ परिसुचक ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक आज पनि उच्च रुपमा घटेको छ । बजार खुलेको केही समय सामान्य बढेको नेप्से अन्तत २४ दशमलव ६३ अंकले घट्न पुगेको छ । मंगलबार नेप्से परिसुचक १ हजार ७ सय २४ अंकमा झरेर अडिएको छ ।

बढ्दो बैंक व्याजदर तथा लगानी अन्य क्षेत्रमा वाहिरन थालेपछि नेप्से परिसुचक उच्च रुपमा घट्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पछिल्लो समय सेयरभन्दा घरजग्गामा बढी नाफा हुने भएकाले लगानीकर्ताहरु त्यतै मोडिएका छन्,’ एक लगानीकर्ताले भने, ‘साथै पछिल्लो समय बैंक व्याजदर उच्च रुपमा बढेपछि केही लगानीकर्ताहरु वाहिरिएका छन् ।’

मंगलबार बजारमा सवै समुहका परिसुचक ओरालो लगेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय २९ अंकले घट्न गएको छ । यसैगरी बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २७ अंकले ओरालो लागेको छ ।
बजारमा विकास बैंक समुह १८ अंकले घट्दा जलविद्युत समुह ४७ अंकले ओरालो लाग्न पुगेको छ । यसैगरी होटल समुह ४४ अंकले ओरालो लागेको छ भने अन्य समुहको परिसुचक ३१ अंकले घटेको छ ।

दिनभर कुल १ सय ३८ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ७६ करोड ३७ लाख रुपैयाँको १० लाख ३८ हजार कित्ता सेयर खरिदविक्री भएको छ । बजारमा सवैभन्दा मुक्तिनाथ विकास बैंकको ९ करोड ८६ लाख रुपैयाँको सेयर किनवेच भएको छ । यसैगरी सिभल बैंक दोस्रो स्थानमा रहँदै झण्डै ६ करोड रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्