Logo

आइएमई र जीएमई रेमिट्यान्स मर्ज, संयुक्त कारोबार सुरु

आइएमई र जीएमई रेमिट्यान्स मर्ज, संयुक्त कारोबार सुरु



काठमाडौं । बुधबारदेपख दुई ठुला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीच संयुक्त कारोबार सुरु भएको छ । आइएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्सलाई प्राप्ति गर्दै आजैदेखि संयुक्त कारोबार सुरु भएको हो । प्राप्तिपछिको एकीकृत कारोबारको उद्घाटन् बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरेका छन् । आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु भएको हो ।

कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुनेछ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।

दुबै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । आईएमईको अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । हाल आइएमईको चुक्ता पुँजी ९० करोड र जिएमईको २५ करोड रहेको छ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड कायम हुनेछ ।

यी दुवै कम्पनी नेपालको रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठुला कम्पनी हुन् । विश्वका १९० बढी देशमा फैलिएको आइएमई २०५८ जेठ ३० गते स्थापना भएको थियो । नेपालमा सबैभन्दा धेरै मुलुकहरुबाट धेरै रेमिट्यान्स भित्र्याउने आइएमईले सन् २००१ मा आफ्नो पहिलो सेवा मलेशियाबाट शुभारम्भ गरेको थियो । नेपालीहरुले अन्तर्राष्ट्रिय बजारमा आर्जन गरेको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने सजिलो र विश्वसनीय कम्पनी बनेको छ। रेमिट्यान्स क्षेत्रमा यो नेपालकै पहिलो मर्जर हो ।

प्रतिक्रिया दिनुहोस्
MBL